दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले चिसोबाट जोगिनका राउटे समुदायलाई लत्ता कपडा वितरण गरेको छ ।
जिल्ला विपद व्यवस्थापन समितिमा जगेडा रहेको लत्ता कपडा राउटे समुदायका ४१ घरधुरीलाई विहिवार वितरण गरिएको हो ।
चिसो बढदै गएपछि राउटे समुदायले बुधवार मात्र भैरवी गाउँपालिका –५ घरखेतबाट सोही पालिका पारिलो घाम लाग्ने ठाउँ भैरवी गाउँपालिका –४ गडाजिउला खोलामा बसाई सारेका थिए ।
राउटे बस्तीमै पुगेर प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,दैलेखको काँडाचौर स्थित कालीदत्तगुल्म,सशस्त्र प्रहरी,नेपाल प्रहरीका प्रमुखले राउटेलाई लत्ताकपडा हस्तान्तरण गरेका हुन् ।
चिसोबाट जोगिनका लागि न्यानो कपडा पाएका राउटे मुखिया सुर्यनारायण शाही खुशी हुदै वितरण टोलीलाई धन्यवाद समेत दिए । उनले भने,“ म लगायत मेरो जनता खुशी भएको छ । हामीलाई चिसोले निकै दुःख दियाँको थियो । आगो तापेर रात काट् थियौं । अब भने सुत्न पाउने भयौं ।”
मुखिया सुर्यनारायण शाही मात्र होइनन,राउटे समुदायका सबै नागरिक न्यानो कपडा पाउँदा उनीहरुको मुहारमा खुशी झल्कन्थ्यो । “ दिनमा त घाम तापेर चिसो जान्थ्यो । रातीमा त जुनले तातो लाग्दैन । आगो बालेर रात विताउँथ्यौं । आज भने सुत्न पाईने भयो अर्का राउटे युवा प्रकाश शाहीले खुशी साटे । ”प्रमुख जिल्ला अधिकारी र राउटे मुखिया सुर्यनारायण केही समय गफिए । मुखियाले प्रमुख जिल्ला अधिकारी सँग माघी पर्वका लागि खसीको माग पनि राख्न भ्याएका थिए ।
जिल्ला प्रशासन कार्यालय दैलेले ४१ घरधुरीलाई भाईवर सिरक,कम्बल,छाप्रो बनाउँदा आवश्यक पर्ने प्लास्टिकको डोरी,बाल्टिन,जंग र टर्च लाईट र त्रिपाल वितरण गरिएको प्रमुख जिल्ला भुसालले जानकारी दिए ।
उनले भने, “मैले राउटेको बारे पढेको सुनेको थिए । २०७८ मा म प्युठानमा प्रमुख जिल्ला अधिकारी हुँदा राउटे समुदायका केही सदस्य चाडपर्वको लागि पैसा माग्न जानु भएको थियो । मैले व्याक्तिगत पाँच हजार दिए । प्रत्यक्ष रुपमा राउटेको बस्तीमा पुग्दा आफुलाई छुटटै आनन्द भएको र नजिकबाट बुझने अवसर मिलेको पहिलो पटक राउटे बस्तीमा पुगेको बताए ।
पछिल्लो समय राउटे समुदायमा सामाजिकरण परिवर्तन भएको देखेर खुशी लाग्यो । खुशी नेपाल भाषा बोल्नु पनि हुँदो रहेछ ।मुखियाले मोबाईल नम्बर माग्नु भयो,मैले दिए” प्रमुख जिल्ला अधिकारीले खुलासा गरे । यो समुदायमा १४१ जनसंख्या रहेको छ ।