काठमाडौँ । सोच नेपालको आयोजनामा एघारौँ विज्ञान दिवसको उपलक्ष्यमा 'सबैको लागि विज्ञान' विषयक विमर्श कार्यक्रम सम्पन्न भएको छ।
साेच नेपालको प्रमुख आयोजना तथा नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सह-आयोजनामा यही असोज २ गते विमर्श कार्यक्रम भएको हो।

उक्त विमर्श कार्यक्रमको अध्यक्षमा डा. दामोदर पुडासैनी किशोर, प्रमुख अतिथि एवम् प्रमुख वक्ता सीता ओझा, विशिष्ट अतिथि एवम् वक्ता निरज पौडेल रहनुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि एलिष्टा सुवेदीले प्रकाश पार्नुभएको थियो।
अन्तर्रकृयामा रामदेव पाण्डे, जेपी नेपाल, सूवर्ण कर्माचार्य, रामदत्त मिश्र, डम्बर मिस्र, अश्विनी कोइराला, दीपक बानियाँ, उमेश पाण्डे, रेणु अधिकारी मौनता, तारा केसी, भवानी मैयाँ पन्त, नरबहादुर बिसी, डा. शैलेन्दु प्रकाश नेपाल, उत्तम विचार भेटुवाल, शीला पोखरेल नेपाल, पार्वती पुडासैनी, राधा पाण्डे, ज्ञान्दारी कैनी, राजेन्द्र कोइराला, प्रबिन भुसाल, सञ्जय पन्थी, सीताराम घले, एलिष्टा सुवेदी, सुनिल पन्त, प्रकाश सिलवाल, यशोदा अधिकारी र बिमला खड्का सहभागी रहनुभएको थियो।