काठमाडाैँ । नयाँ पुस्ताका नयाँ मोबाइल फोन प्रयोगकर्ताहरूका लागि थप पहुँच योग्य ग्यालेक्सी एओ ४ ले नेपाली बजारमा प्रवेश गरेको छ ।
सामसङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन, सामसङ ग्यालेक्सी एओ ४ ल्याएको हाे ।
ग्यालेक्सी एओ ४ फोनले सो मूल्य दायरामा सामसुङ रिलिजहरूको लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुका साथै अपग्रेडहरू पनि ल्याएको छ ।
नयाँ ग्यालेक्सी एओ ४ मा ५० एमपी क्यामेरा रहेको छ । धेरै ग्राहकहरूका लागि पहुँचयोग्य फोनमा उच्च गुणस्तरको क्यामेरा भएको कारणले यस फोनबाट अझ धेरै प्रयोगकर्ताहरूले आफ्ना बहुमूल्य क्षणहरू र सम्झनाहरू खिच्न मौका पाउनेछन् ।
उच्च गुणस्तरको क्यामेराले प्रयोगकर्ताहरूलाई ती पलहरू र सम्झनाहरूलाई थप परिभाषित गर्ने मौका दिन्छ, प्रत्येक क्लिक र क्लिपहरूलाई थप डिटेल दिन्छ, जसले भविष्यमा गरेर हेर्दा त्यो पलहरूलाई अझ जीवित बनाउँछ।
फाेनमा ५००० एमएएच इन-बक्स ब्याट्री र १५ वाट फास्ट चार्जर रहेकाे छ। साथै, ६.५” फुल-स्क्रिन र डल्बी एटमसको आवाजको साथ, ग्यालेक्सी एओ ४ ले तपाईंलाई मन पर्ने सबै कार्यक्रम र चलचित्रहरूको आनन्द दिनेछ।
सामसङ ग्यालेक्सी एओ ४ दुईवटा र्याम र स्टोरेज कन्फिगरेसनको साथ उपलब्ध छ। ४ जीबी + ६४ जीबी भेरियन्टको मूल्य १६,९९९ र ३ जीबी + ३२ जीबी भेरियन्टको मूल्य रु १४,९९९ रहेको छ। यो स्मार्टफोन कालो, कपर र हरियो गरी तीन रंगमा उपलब्ध छ।