काठमाडौँ । मानव बेचबिखन रोकथामको लागि काम गर्दै आएको संस्था 'चिल्ड्रेन रेस्क्यु मिशन: चेन्जिङ लाइभ्स इन नेपाल'को अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ ।
बिहीबार राजधानी काठमाडौँको ठमेलस्थित होटल मनाङमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ज्ञान पन्तले गर्नु भएको थियो ।
'इम्पावरिङ सेलेक्ट कम्युनिटिज टु फाइट ह्युमन ट्रयाफिकिङ वाइ प्रमोटिङ सोसियल ट्रान्सफर्मेशन एण्ड इकोनोमिस स्टेविलिटी' स्लोगनमा भएको उक्त गोष्टीमा माइती नेपालकी अध्यक्ष अनुरोधा कोइराला,राष्ट्रिय मानव अधिकार आयोगकी लिलि थापा, चिल्ड्रेन रिसोर्स मिशन नेपालका अध्यक्ष ज्ञान पन्त, मिना पौडेल, अमेरिकी अधिकारकर्मी एडम पार्किर र समाज कल्याण परिषद नेपालमका सदस्य सचिव मनोज भट्टको सहभागीता रहेको थियो ।
सामाजिक रूपान्तरण र आर्थिक स्थायित्व प्रवर्द्धन गरी मानव बेचबिखनविरुद्ध लड्नका लागि समुदायहरूलाई सशक्त बनाउने उद्देश्यका साथ भएको उक्त गोष्ठीमा सहभागी हुन अमेरिका बाट ४ जना वक्ता आउनुभाको थियो ।
देशका प्राय सबै बोडरका प्रहरी अधिकृतहरूको उपस्थिति रहेको कार्यक्रममा प्रहरी अधिकृतले अनुभव साटासाट पनि गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले ठूला ठूला राष्ट्रहरूमा पनि गरिबी भएको बताउँदै हामीले यसलाई उपर्युक्त तरिकाबाट व्यवस्थापन गर्नुपर्ने बताउनुभएको थियो । 'ठूला ठूला राष्ट्रहरूमा पनि गरिबी छ । हामीले यसलाई व्यवस्थापन गर्नुपर्छ' उहाँले भन्नुभयो,' हामीले ३४ वर्षदेखि यही क्षेत्रमा काम गर्दै आएका छौँ। माइती नेपालीको शाखाका रूपमा दिल्लीबाट पनि काम गर्दै आएका छौँ ।'
चिल्ड्रेन रेस्क्यु मिशन नेपालले रत्न मावि गोर्खामा शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ । यस संस्थाको सहयोगमा विद्यालय सञ्चालन र प्रभावकारी पठनपाठनमा सहज भएको उक्त विद्यालयका प्राध्यापक साधना पन्तले जानकारी दिनुभयो ।
थप तस्बिरहरू: