काठमाडौँ- नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले जारी गरेको सूचना अनुसार अन्तिम दिन बुधबार साझँसम्म १९ जनाको आवेदन प्राप्त भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
बोर्डको अध्यक्षको लागि अवेदन दिनेमा बिमा सिमितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट छन् ।
त्यस्तै, बोर्डकै कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, डा.नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठले पनि अध्यक्षका लागि आवेदन दिएका छन् । धितोपत्र बोर्डका पूवकार्यकारी निर्देशक निरज गिरी छन् ।
साथै, सन्तोषनारायण श्रेष्ठ, डा. केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा. रघुराज काफ्ले, प्रविन पन्दाक रहेका छन्। सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. बिमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्कीले पनि आवेदन दिएका छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिले यही फागुन १६ मा अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो । प्राप्त आवेदनमध्ये समितिले पहिलो चरणमा ५ जना छनौट गर्ने र दोस्रो चरणमा ३ जना छनौट गरी नियुक्तिका लागि सरकारलाई सिफारिस गर्ने छ । समितिले सिफारिस गरेका ३ जनामध्येबाट एक जना सरकारले बोर्ड अध्यक्षमा छनौट गर्नेछ ।
बोर्ड अध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्धप्रतिष्ठित व्यक्ति हुनुपर्ने छ ।
गत पुस २० देखि सेबोनमा अध्यक्ष पद खाली रहेको छ । नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले गत माघ पहिलो साता सिफारिस समिति गठन गरेको थियो । समितिका सदस्यमा अर्थसचिव कृष्णहरू पुष्कर र विज्ञ सदस्यमा उदय निरौला छन् ।