काठमाडौँ । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
स्थापितले काठमाडौँ महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
एमाले उम्मेदवार स्थापितले प्रतिस्पर्धी साहलाई (अन्तर्राष्ट्रिय ठग) भन्दै टिप्पणी गरेका थिए ।
यसअघि काठमाडौँको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो ।
प्रकाशित मिति:
बिहिबार, वैशाख २२, २०७९, २०:४७:००